देश

मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई सम्मान

विराटनगर । संघीय संसद्का उपसभामुख डा शिवमाया तुम्बाहाम्फे र प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई सम्मान गरिएको छ ।

मोरङ जिल्ला अदालत बार एशोसिएशन र उच्च अदालत बार एशोशिएन विराटनगरद्वारा संयुक्त रुपमा स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तिले उपसभामुख तुम्बाहाम्फे र न्यायाधिवक्ता आचार्यलाई दोसल्ला ओढाई स्वागत एवं सम्मान गरेका थिए ।

उच्च अदालत बार एशोसिएसनका अध्यक्ष रामप्रसाद भण्डारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कुलरत्न भुर्तेल, मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालगायतको उपस्थिति थियो ।