खेलकुद

राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई

भक्तपुर । भक्तपुरमा जारी जिल्लास्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ करातेको उपाधि डमोस स्कूलले हात पारेको छ ।

जिल्ला खेलकुद समिति भक्तपुरले आयोजना गरेको प्रतियोगितामा आज भएको खेलमा दुई स्वर्ण एक रजतसहित डेमोस स्कूलले उपाधि हात पार्न सफल भएको समितिका अध्यक्ष दीलिप केसीले जानकारी दिए ।

प्रतियोगितामा एक स्वर्ण एक रजतसहित सैनिक आवासीय महाविद्यालय दोस्रो भएको छ । त्यस्तै माउन्ट भ्याली स्कूल, आदर्श आजाद मावि र पारागन एकेडेमीले भने एक एक स्वर्ण हात पारेका छन् ।

कराते प्रतियोगितामा छात्रातर्फ ४० केजी तौल समूहमा डेमोस स्कूलकी सान्ता योञ्जनले स्वर्ण, डेमोसकै जुनु लामाले रजत पदक, बागिश्वरी माविकी सवि भावी र आर्दश मावि लायकू थिमीकी रोनी घतानीले कास्य पदक हात पारेका छन् ।

त्यस्तै ४५ केजी छात्रातर्फको प्रतियोगितामा पनि डेमोस इङ्लिस स्कूलकी सजिना लामाले स्वर्ण, नवीन इङ्लिस स्कूलकी सागरिका परियारले रजत र बागिश्वरी माविकी अस्मिता मोक्तान एवं हिमालयन इङ्लिस स्कूलकी स्माइल तामाङले कास्य पदक जितेका छन् ।

यता ५० केजी तौल समूहको छात्रामा सैनिक आवासीय माविकी बेली लामाले स्वर्ण, बागिश्वरी माविकी अन्जु भुजेलले रजत र समता माविकी पदम तामाङ एवं कालिका माविकी कञ्चन राईले कस्य पदक जितेका छन् ।

छात्रतर्फको खेलमा ४२ केजीतर्फ पारागनका डेनिस सांगाछेले स्वर्ण, पद्म माविका सुन्दर तामाङले रजत, वागिश्वरी माविका अजय मोक्तानले र आर्दश माविका विजय लामाले कास्य पदक हात पारे भने छात्रतर्फ नै ४७ केजी तौलमा माउन्ट एभरेष्टका एरिश शर्माले स्वर्ण, सैनिक आवासीय माविका सुजन श्रेष्ठले रजत र बागिश्वरी माविकै मदनकुमार थापा एवं विशालकुमार शाहले कास्य पदक हात पारेका छन् ।

छात्रतर्फ ५२ केजी तौल समूहमा भने आदर्श आजाद माविका प्रवीण लामाले स्वर्ण, समता माविका दिनेश लामाले रजत र बागिश्वरी माविका विजय मोक्तान र आदर्श आजाद माविका सिर्जन श्रेष्ठले कास्य पदक हात जितेका छन् ।

काँटातर्फ भने छात्रतर्फबाट पारागनका डेनिस सांगाछेँ प्रथम, माउन्ट एभरेष्टका एरिश शर्मा द्वितीय र आर्दश आजादका प्रवीण लामा तृतीय भएका छन् । त्यस्तै छात्रा तर्फभने सैनिककी वेली लामा प्रथम, डेनिसकी शान्ता योञ्जन द्वितीय र डेनिसकै सजिना लामा तृतीय भएको समितिका उपाध्यक्ष श्याम सुन्दर बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी भने डेनिस सांगाछेँ र शान्ता योञ्जन घोषित भएका छन् । सात वटा खेल भइरहेको प्रतियोगिता यही चैत २७ गते सम्पन्न हुनेछ ।