मनोरञ्जन

टिभिएस जुपिटर क्लासिकका ग्राहकले नायिका प्रियंका कार्कीसँग हेरे ‘शत्रु गते’

काठमाडौं । टिभिएस मोर्टसका उत्पादन टिभिएस मोटरसाईकल र स्कुटरको नेपालको लागि आधिकारीक वितरक जगदम्बा मोर्टसले आफ्ना अमुल्य टिभिएस जुपिटर क्लासिक ग्राहकहरुलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएको छ । शुक्रबार
बेलुका ललितपुरको लबिम मलमा जुपिटर क्लासिकका ग्राहकहरुलाई चलचित्र हेर्ने अवसर प्रदान गरिएको थियो ।

कम्पनीले मोटरसाईकल वा स्कुटरको बिक्री पश्चात्पनि आफ्ना ग्राहकलाई सधै आफुसँग जोडिएर राख्न यस्ता किसिमका अवसर सृजना
गर्दै आएको छ ।

जगदम्बा मोर्टसका उपाध्यक्ष दीपक अग्रवालले भने ‘हामी मोटरसाईकल बिक्रीलाई मात्र प्राथमिकतामा राख्दैनौं, बिक्री पश्चात्को सेवा र ग्राहकको मनोरञ्जनलाई समेत ध्यानमा राखि यस्ता किसिमका कार्यक्रम आयोजना गर्दै आएका छौं । भोलिका दिनमा समेत यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्दै जाने विश्वास लिएका छौं । साथै, निकै छोटो समयमा टिभिएस जुपिटर क्लासिक नेपाली युवाको रोजाईमा पर्न सफल भएकोमा हामी निकै खुसी छौं । ’

टिभिएस जुपिटर क्लासिकका ब्राण्ड एम्बेसडर प्रियंका कार्कीले भने ‘जुपिटर क्लासिकका ग्राहकहरुसँग बसेर चलचित्र हेर्ने मौका जुराई दिएकोमा म निकै हर्षित छु । भोलिका दिनमा समेत अन्य यस्तै मनोरञ्जनात्मक कार्यक्रम कम्पनीले गर्दै जाने मेरो विस्वास छ ।’