आर्थिक

माछापुच्छ्रे बैंकद्वारा नयाँबर्षको उपहार, ग्राहकहरुलाई हरेक खरिदमाक्यास ब्याकको बहार

काठमाण्डौ । माछापुच्छ्रे बैंकले नयाँवर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसाचिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वाकुनै भुक्तानीगर्दा बील रकमको १० प्रतिशतले बढीमा रु.१,००० ग्राहकको खातामा फिर्ता हुनेछ ।

कारोबारको संख्यामा कुनै सीमानभएको र प्रत्येक खरीदवाभुक्तानीमा ग्राहकले क्यास ब्याकपाउने बैंकले जनाएको छ । ग्राहकले पाउने फिर्ता रकममहिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था बैंकले गरेको छ ।

साथै बैंकले यो अफर सीमित अवधिको लागि ल्याएको र बजारमा उत्कृष्ट अफरको रुपमाआएकोले यसबाट अत्याधिक लाभलिन ग्राहकहरुलाई आव्हान गरेको छ । यो अफर चिप कार्डमामात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न समेत आव्हान गरेको छ । नयाँवा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्तचिप कार्ड पाउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्मआफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।