पर्यटन/संस्कृति

हिन्दू धर्मको वकालत गर्ने आचार्यमाथि गोली प्रहार

विराटनगर । बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते भएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

उनी विराटनगर– १४ स्थित रामजानकी मन्दिरमा आजदेखि शुरु हुने भनिएको श्रीमद्भागवत पुराणवाचन गर्नका लागि आएका हुन् । अभियुक्तको खोजवीन भइरहेको प्रहरीले जनाएको छ ।