अन्तर्राष्ट्रिय

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोनबीच शुक्रबार टेलिफोन वार्ता भएको छ ।

उनीहरूले टेलिफोनमा सिरियाको विषयमा कुराकानी गरेको क्रेमलिनले जनाएको छ ।

रुससँगै इरान र टर्कीका राष्ट्रपतिका बीचमा सिरियालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार समान गराउने सहमति भएको बारेमा पुटिनले माक्रोनलाई जानकारी दिएका थिए ।

क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा समान रुपले प्रस्तुत हुने बारेमा पनि उनीहरूले छलफल भएको क्रेमलिनले थप जानकारी दिएको छ ।

पुटिनले सिरियामा मानवीय सहायताको खाँचो रहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायको ध्यान तान्नुपर्नेमा जोड दिए ।