अन्तर्राष्ट्रिय

जेलमुक्त भएपछि पुज्डमोनद्वारा वार्ताको आग्रह

नेउमुनस्टार, जर्मनी । स्पेनको क्याटलोनियाका अपदस्त नेता काल्र्स पुज्डमोनले आफू जर्मनीबाट मुक्त भएपछि मात्रै राजनीतिक वार्ता गर्ने बताएका छन् ।
स्पेनमा देशद्रोह र भ्रष्टाचार गरेको आरोप लागेका पुज्डमोनलाई शुक्रबार जर्मनीका न्यायाधीशहरूले स्पेनलाई सुपुर्दगी गर्न अस्वीकार गरेपछि उहाँले यस्तो शर्त राखेका हुन्

“वार्ता गर्ने समय अव आएको छ,” पुज्डमोनले नेउमुनस्टार जेल अगाडी संवाददाताहरूसँग भने । तर आफू स्वतन्त्र हुनु पर्ने र ७५ हजार युरो तिर्नु पर्ने निर्णय खारेज हुनु पर्ने उनको भनाई छ ।

“हामीले बर्षौदेखि वार्ताका लागि आग्रह गरिरहेकै थियौं, तर हामीविरुद्ध हिंसा र देशद्रोहको आरोप लगाइयो,” उनले भने।

“क्याटलोनियाका राजनीतिक नेताविना स्पेनी अधिकारीहरूलाई वार्ता सुरु गर्ने विकल्प छैन,” पुज्डमोनले थपे ।

५५ बर्षीय पुज्डमोनले क्याटलोनियाका आफुसँगै पक्राउ गरिएका सवै नेताहरूलाई तत्काल रिहा गर्न पनि माग गरे । उनीहरूले स्पेनको उत्तरपूर्वी क्षेत्रलाई मड्रिडभन्दा धनी बनाउन राजनीतिक बन्दी भएर ठूलो योगदान गरेको उनको भनाई छ ।

बेल्जियमतर्फ जाने क्रममा डेनमार्कको सीमा पार गरेपछि उनलाई केही हप्ता पहिले जर्मनीमा पक्राउ गरिएको थियो ।

गत बर्षको अक्टोबरमा स्पेनबाट क्याटलोनियालाई अलग हुने पक्षमा गराएको जनमतसंग्रह विवादमा परेपछि उनी बेल्जियममा जागएका थिए ।

जनमतसंग्रहपछि स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो । त्यसपछि गराएको नयाँ निर्वाचनमा पनि क्याटलोनियाका स्वतन्त्रता पक्षधर दलहरूले नै झिनो अन्तरले जितेका छन् ।