आर्थिक

ब्याग उद्योग संघको अध्यक्षमा बजगार्इं

काठमाडौँ । नेपाल ब्याग उद्योग संघको पाँचौं अधिवेशनले वीरबहादुर बजगार्इंको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

यसैगरी संघको उपाध्यक्षमा राजु महर्जन, महासचिवमा केशवबहादुर घिमिरे, सचिवमा निरोजप्रसाद ढुंगाना र कोषाध्यक्षमा गोविन्दकुमार ढुंगाना रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सञ्जय पोद्दार, मुकुन्दप्रसाद थपलिया, किसनप्रसाद तिमल्सिना, कंकिश जैन, जीतेन्द्रमणि अधिकारी, दीपकप्रसाद न्यौपाने, संदिप सरावगी, रामेश्वर अधिकारी, मन्दिप बजिमय, हबिव शेख, ज्ञानकाजी महर्जन र लोकनाथ सिग्देल रहनुभएको संघले जनाएको छ । सो कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

नवनिर्वाचित अध्यक्ष बजगार्इंले ब्याग उद्योगमा देखिएका समस्या समाधान गरी आन्तरिक उद्योग प्रवद्र्धनमा समन्वयका साथ अघि बढ्ने बताए ।

स्थानीय ब्याग उद्योगलाई व्यवस्थित गर्न तथा बाहिरबाट आयात हुने कच्चापदार्थलाई सहजीकरण गर्न संघले विशेष पहल गर्ने सचिव निरोजप्रसाद ढुंगानाले जानकारी दिए ।

संघमा करिब २०० उद्योगी आवद्ध छन् ।