समाचार

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान

रमेश लम्साल/ नयाँ दिल्ली, भारत । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन् ।

आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत सम्पन्न भएलगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस क्षेत्रको गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए। जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताए ।

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उनले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीलाई उनका समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । सो अवसरमा नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए ।