राजनीति

तरुण दलको सातै प्रदेशको प्रशिक्षण कार्यक्रमको अन्तिम तयरी पुरा : महासचिब

काठमाण्डौ । नेपाल तरुण दलले प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको तयारी सकिएको जनाएको छ । तरुण दलका केन्द्रीय महासचिब भूपेन्द्रजंग शाहीले प्रदेश नम्बर १ को झापाबाट शुरु हुंने प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको जनाएका हुन् ।

सातैवटा प्रदेशमा प्रशिक्षण कार्यक्रमको अन्तिम तयारी भएको बताउन पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी दिन केन्द्रीय समितिका पदापधिकारी शुक्रबार बिहान देउवा निवास बुढानिलकण्ठ गएका थिए । पछिल्लो समयमा काँग्रेसले निर्बाचनको समिक्षा गर्दै काँग्रेसलाई बलियो बनाउने अभियानसहित काँग्रेसको युवा भातृसंस्था तरुण दलमार्फत तरुण प्रशिक्षण कार्यक्रम राख्न लागेको छ ।

उक्त मुद्धामा काँग्रेसमा गुटभन्दा माथी गएर नेताहरु लागी परेको र तरुण दललाई सभापति, बरिष्ठ नेता, महामन्त्री, लगायत सबै नेताहरुले साथ दिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सुर्यखबरलाई बताए ।

महासचिब शाहीले नेपाल तरुण दलको ूप्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमकोू सम्पुर्ण तयारी पूरा भएको सहर्ष जानकारी गराएका छन् । ।

यहि चैत्र २५ गते झापा बाट सुरु हुँदैछ।
ूसम्पुर्ण तरुण प्रशिक्षित( सम्पुर्ण युबा संगठितू
अभियान अन्तर्गत सातै प्रदेशमा प्रशिक्षण अभियान संचालन हुनेछ । नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र जिल्ला समितिको सम्योजनमा ूप्रदेश स्तरीय प्रशिक्षणू कार्यक्रम निम्न मिति र स्थानमा हुने भएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रीय पार्सद सहभागी हुने महासचिब शाहीले बताएका छन्।
भक्तपूरको नगरकोटमा गरिएको देशभरका जिल्ला अध्यक्षहरुको प्रशिक्षण पश्चात सम्पन्न हुन लागेको तरुण दलको केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रमको तालीका यसप्रकार छ ।

प्रदेस १. चैत्र २५-२६ झापा
प्रदेस२. चैत्र २९-३० पर्सा
प्रदेस ३. बैशाख ३-४ हेटौंडा
प्रदेस ४. बैशाख ६-७ पर्बत
प्रदेस ५. बैशाख ९-१० रुपन्देही
प्रदेस ७. बैशाख १२-१३डडेलधुरा
प्रदेस६. बैशाख ३०-३१ सुर्खेत