राजनीति

डा. कोईरालाले भने, ‘प्रधानमन्त्री सबै निकायहरु कब्जा जमाउदै मुलुकलाई निरंकुशता तिर धकेल्दैछन्’

काठमाण्डौ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले केपी ओलीको सरकारले राज्यका सबै निकायमा कब्जा जमाएर देशलाई निरंकुसतातर्फ लैजान लागिपरेको बताएका छन् ।

नेपालका मिडीयाहरू ओलीको गूणगानमै ब्यस्त रहेको बताउँदै डा कोईरालाले भने, “सबै निकाय ओली जीले कब्जा गरिसक्नुभयो, उहाँ अब सुरक्षा निकाय कब्जा गर्ने र बिस्तारै मीडिया एवं सोसियल मीडियामाथी सेन्सर लगाएर अगाडी बढ्दै हुनुहुन्छ। ओली जीले मिडीयामाथी सेन्सर लगाएको दिन दुनियाँलाई थाहा होला कम्युनिष्ट निरंकुसताको स्वरूप।”

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौं राष्ट्रिय महाधिवेशनलाई राजधानीमा काठमाडौमा संबोधन गर्दै डा कोईरालाले २३ बर्ष पहिले अरूण तेस्रोको बिरोध गर्ने एमालेबाटै अहिले त्यसको शिलान्यास हुनु राम्रो भएको बताए। उनले ढिलै भएपनी एमालेको बुद्धि फिरेको बताए। कार्यक्रमको उदघाटन नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । ।