मनोरञ्जन

बुटवल र बर्दघाटमा अन्तर्राष्ट्रिय सांगीतिक कार्यक्रम

काठमाडौँ । नयाँ वर्ष २०७५ को अवसरमा रुपन्देहीको बुटवल र नवलपरासीको बर्दघाटमा ‘नयाँवर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ गरिने भएको छ ।

इन्भिन्सिवल इभेन्ट एण्ड म्यानेजमेन्ट प्रालिले यही वैशाख १ गते बर्दघाट—१ माकर मोतीबस्ती (नवलपरासी) मा ‘नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम–२०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कार्यक्रममा थाइल्याण्डकी डिजे सि क्वइन, चितवनको द रेड्स ब्याण्ड, टि सेभेन डान्स ग्रुप, सुनवल, काठमाडौँबाट डब स्टर माइकल डान्सर, बुटवलका डिजे अतितको प्रस्तुति रहने म्यानेजमेन्ट प्रालिका प्रमुख सागर थापाले जानकारी दिए । कार्यक्रममा स्थानीय प्रस्तुतिसमेत रहनेछन् ।

बर्दघाटको माकर–१ मोतीबस्तीमा हुने कार्यक्रम बेलुका ४ बजेदेखि राति १२ बजेसम्म हुनेछ । प्रवेश शुल्क रु २५० राखिएको छ । कार्यक्रमको सह–आयोजक परिवर्तनका लागि युवा नामक संस्था रहेकोछ ।

त्यसैगरी, बिट्स इभेन्ट एण्ड मिडिया प्रालिले रुपन्देहीको बुटवलमा नयाँ वर्ष २०७५ को अवसरमा विदेशी र नेपाली संस्कृति आदानप्रदान गर्ने उद्देश्यले यही चैत ३० गते बुटवल ‘न्यू इअर इभ बास–२०७५’ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रुपन्देहीको कालिका नगरस्थित द कन्सेप्ट क्लबमा हुने सो कार्यक्रममा थाइल्याण्डकी डिजे सि क्वइन, नेपालका कलाकार डिजे अतित, साउण्ड ओयब र स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

कार्यक्रम बेलुका ४ बजेदेखि राति १२ बजेसम्म हुने कार्यक्रमको सह–आयोजक परिवर्तनका लागि युवा नामक संस्थाका अध्यक्ष जागृत पहाडीले जानकारी दिए । प्रवेश शुल्क रु ५०० राखिएको छ ।