साहित्य

विश्व वल्लभलाई नइ पुरस्कार दिने घोषणा

काठमाडौँ । गीतकार विश्व वल्लभलाई ‘नइ कोेइलीदेवी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका क्षेत्रमा कार्यरत तेस्रोलिङ्गी आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।

साथै सरोद बाजाको प्रवर्धन सम्वर्धन र संरमा क्रियाशील प्रथम नारी सरोद वादक रुपा सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ दिइने भएको छ । तीनैैै पुरस्कारको राशि जनही रु ५० हजार रहेका छ ।

सानै उमेरदेखि सञ्चारमाध्यममा आफ्नो बौद्धिक क्षमता, सीप र कौशल प्रस्तुत गर्नका अतिरिक्त गायन र पठनपाठनमा समेत प्रखर डा परिधी शर्मालाई रु २५ हजार राशिको ‘नइ खरा पौरख पुरस्कार’ दिने नर्णय भएको छ ।

प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीद्वारा उहाँको ९९ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते ती पुरस्कार दिइनेछ ।