राजनीति

संसदीय दलको विधान तयार पार्ने जिम्मा सहअध्यक्षलाई

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संसदीय दलको विधान र नियमावली बनाउन पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले पार्टीका सांसदबाट रु दश हजारका दरले मासिक लेबी उठाउने निर्णय पनि गरेको राजपाका महासचिव केशव झाले जानकारी दिए । पार्टीभित्र आकांक्षी बढेका कारण राजपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन । अध्यक्षमण्डलका शीर्ष नेताबीच नै प्रतिस्पर्धा देखिएकाले दलको नेताको टुङ्गो नलागेको हो । वैशाखको पहिलो साता दलको नेता चयन हुने राजपाले जनाएको छ ।

संघीय संसद्मा राजपाबाट १९ सांसद छन् । कारागारमा रहेका सांसद रेशम चौधरीको व्यवस्थापनका लागि पहल गर्ने तथा उनको शपथका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णयसमेत गरिएको महासचिव झाले बताए । हालैको असिनापानी र हुरी बतासले क्षति पु¥याएका किसानलाई राहत दिलाउन पनि राजपा बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।