आर्थिक

एभरेष्ट बैंकको कावासोती शाखा समुद्घाटन

भरतपुर, चितवन । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले नवलपुरको कावासोतीमा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ ।

कावासोती शाखाको समुद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा कावासोती नगरपालिकाका, मेयर श्री चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासु राम पोखरेल तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।