आर्थिक

सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच विपन्नवर्ग सम्झौता

काठमाण्डौ । सिभिल बैंकले नेपाल राष्ट्रबैंकद्वारा निर्दिष्ट गरीए बमोजिम विपन्नवर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोवाईल्सको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरे ।

नेपालको विभिन्न स्थानमायात्रु ओसारपसार तथा सामान ढुवानीको लागीअति उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीनपांग्रे सवारी साधानलाई लिईन्छ जुनसानो पूजीँको लगानीबाटै शुरुवात गर्न सकिन्छ । यस सम्झौता अनुरुप बैंकले विपन्नवर्ग कर्जा कार्यक्रमअन्तर्गत ईटालियन ब्राण्डको तीनपांग्रे सवारी साधान“पियाजो”लाई सरल तथा छरिटो तवरले ७०% सम्म लगानी गर्नेछ ।

यस सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाईदिने कुरा बैंकका चिफ विजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । बैंकले यस अघिपनि आफ्नो ५९ शाखा तथा ९ शाखा रहित बैंकिङमार्फत विपन्नवर्ग कर्जा परिचालनगर्दै आइरहेको छ । सिभिल बैंकले देशको यूवाहरुको रोजगारीको सृजना गर्नको निमित्त सहजकर्जा प्रदानगर्न पहल गरेकोमा विवेक अटोमोवाईल्सका कार्यकारी निर्देशक विवेक दुगडले धन्यवादज्ञापन गरेका थिए ।