अन्तर्राष्ट्रिय

निर्वाचनको अनुगमन गर्न कम्बोडियाको आह्वान

न्होमपेन्ह, कम्बोडिया । कम्बोडियोमा हुन लागेको राष्ट्रिय निर्वाचनमा अनुगमन गर्न अन्तर्राष्ट्रिय निकायहरुलाई आह्वान गरिएको छ ।
कोम्बोडियाको राष्ट्रिय निर्वाचन समितिले आउदो जुलाई २९ तारिखमा तय गरेका निर्वाचनको अनुगमन गर्न आह्वान गरेको हो ।

अनुगमन गर्न चाहने अन्तर्राष्ट्रिय निकायहरुलाई यही अप्रिल २३ देखि जुलाई २५ सम्ममा दर्ताका लागि समय तोकिएको आयोगले जनाएको छ ।

अन्तर्राष्ट्रिय अनुगमनकर्ता हुनकालागि अन्तर्राष्ट्रिय गैरसरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था र विभिन्न देशहरु हुनु पर्ने सर्त राखिएको छ ।

निर्वाचनको अनुगमन गरिसकेपछि अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरुले आफ्नो प्रतिवेदन निर्वाचन समितिलाई बुझाउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

कम्बोडियामा हरेक पाँच पाँच बर्षको अन्तरालमा राष्ट्रिय निर्वाचन हुने भएकाले अहिले निर्वाचन हुन लागेको हो ।