आर्थिक

व्यावसायिक उपकरणको सुरक्षा दिन माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी र व्यावसायिक उपकरणलाई सुरक्षा दिन माग गरेको छ ।

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठको नेतृत्वमा आज मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेर धरान–सिन्धुली–चतारा सडकखण्डमा राखिएका सवारी साधन अज्ञात समूहबाट बम प्रहार गरी ठूलो क्षति पु¥याइएकाले महासंघले सुरक्षा दिन माग गरेको हो । भेटमा महासंघका अध्यक्ष श्रेष्ठले निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति मन्त्रीलाई जानकारी गराउँदै निर्माण व्यवसायी र व्यावसायिक उपकरणलाई पूर्ण सुरक्षा दिन माग गरे ।

सडक निर्माण आयोजनामा प्रयोग भइरहेका टिपर, रोड रोलर, लोडर, बोलेरो जीपलगायत सवारी साधनमा बम प्रहारका कारण भएको आगजनीबाट करोडौँ मूल्य बराबरको क्षति भएको महासंघले जनाएको छ । बम प्रहारबाट भएको क्षतिको क्षतिपूर्ति मिलाई दोषीलाई तत्काल पक्राउ गरी कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ ।

जवाफमा मन्त्री महासेठले व्यवसायीका समस्या समाधानका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरेको मन्त्रीको भनाइ उद्धृत गर्दै भेटमा सहभागी महासंघका महासचिव रामशरण देउजाले राससलाई जानकारी दिए ।