सूचना प्रविधि

मुलुकलाई समृद्ध बनाउन पत्रकारिता क्षेत्रपनि लाग्नुपर्छः संचारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन पत्रकारिता क्षेत्रपनि लाग्नुपर्ने बताएका छन् ।

आज ‘तेस्रो राष्ट्रिय पत्रकारिता दिवस’मनाउने सन्दर्भमा मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले मुलुक समृद्ध भएमात्र पत्रकारिता टिक्ने भएकाले समृद्ध मुलुक बनाउने अभियानमा पत्रकारिता क्षेत्र पनि लाग्नुपर्ने बताए । “समृद्धि र सुशासन पत्रकारिताको मुल अभियान बन्नुपर्दछ”–उनले भने ।

मन्त्री बाँस्कोटाले लोकतन्त्रबाट प्राप्त प्रेस स्वतन्त्रताको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै लोकतन्त्रबाट प्राप्त प्रेस स्वतन्त्रताबाट नकारात्मक मात्र कुरा आएकाले सकारात्मक कुरा पनि आउनुपर्ने उनको जोड थियो । उनले प्रेस स्वतन्त्रताका नाममा सञ्चारमाध्यमले विद्रोहको मात्र विगुल फुक्ने गरेको भन्दै उहाँले राष्ट्र निर्माणमा पनि लाग्नुपर्ने बताए ।

उनले हाम्रो सञ्चार माध्यमको विश्वास हराएको भन्दै मर्यादित पत्रकारिता गर्न आग्रह गरे । उनी पत्रकारिता दिवस सबै पत्रकारको भएकाले मिलेर मनाउनुपर्ने बताए । बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आमागी दिनमा पत्रकारितालाई कसरी लैजाने भन्ने विषयमा दिवस केन्द्रित हुने बताए ।

बैठकमा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्माले पत्रकारिता दिवसलाई तल्लो तहसम्म पुु¥याएर मनाउनुपर्ने सुझाव दिए ।

बैठकमा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला, सामुदायिक रेडियो प्रसारण संघका अध्यक्ष सुवास देवकोटा, पत्रकार डा राजेश अहिराज, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष राजेन्द्र फुयाँलले दिवसलाई ¥याली गरेर मात्र नभई कुनै ठोस उपलब्धिमूलक तरिकाले मनाउनुपर्ने सुझाव दिए। मन्त्रालयले आगामी वैशाख २४ गते पत्रकारिता दिवस मनाउँदैछ ।

दिवस मनाउन मन्त्री बाँस्कोटाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।