पु.समाचार

मनसुनी गतिविधि जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशैभर मौसम बदली हुनाका साथै अधिकांश स्थानमा वर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । पूर्वमनसुनको समय भएकाले बदली हुने र मध्यम खालको वर्षा हुने उनको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा आज ११.४ मिलिमिटर वर्षा भएको छ ।
आज देशभरमा सबैभन्दा बढी पोखरामा २५ मिलिलिटर तथा ताप्लेजुङमा चार मिलिलिटर वर्षा भएको छ । काठमाडौँको आजको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।