राजनीति

पार्टी एकताको पहल

काठमाडौँ । (माले) र नेकपाबीच पार्टी एकताको पहल शुरु भएको छ ।नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक हिजोदेखि बसेको सो पार्टीका केन्द्रीय सचिव महेन्द्र शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा सिद्धान्तनिष्ठ पार्टी एकता, जनता र राष्ट्रका जल्दाबल्दा समस्यालाई लिएर गरिने संयुक्त जनसंघर्ष लगायतका विषयमा वार्ता केन्द्रीत रहेको बताइएको छ ।

संयुक्त जनआन्दोलन दिवसलाई राजनीतिक रुपले मनाउने विषयमा छलफल भएको तथा वार्ता पुनः गर्ने निर्णय भएको वार्तामा संलग्न नेकपा (माले) का प्रवक्ताकुमार बेल्बासेले जानकारी दिए ।