आर्थिक

कुमारी बैंकको रक्तदान कार्यक्रम

काठमाण्डौ । कुमारी बैंकले १७ औं वर्ष सफलतापुर्वक सम्पन्न गरी १८ औंै वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कुमारी बैक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम ग्राहकहरु गरि १०३ जनाले रक्तदान गरेका छन् । यसै उपलक्ष्यमा बैंकले साताव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ ।

कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग मार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वासनिय र सबल बैंकको रुपमा प्रस्तुत हुने प्रण गर्दछ ।

हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा ए.टी.एम् द्वारा आधुनिक बैकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।