राजनीति

बिना शर्त सभापतिको रिहाई माग गर्दै नेबिसंघद्वारा मन्त्री खत्रीको गाडीमा तोडफोड

सुर्खेत । प्रदेश नम्बर-६ का भौतीक पुर्बाधार मन्त्री खड्ग खत्रीको गाडी नेपाल बिद्यार्थी संघका कार्यकर्ताहरुले तोडठफोड गरेका छन् । मध्यमाञ्चल बिश्वबिद्यालयका स्ववियू सभापतिलाई प्रहरीले पक्राउ गरेपछि आक्रासित भएका बिद्यार्थीहरुको भीडले मन्त्रीको गाडी तोडफोड गरेका हुन् ।

माओबादी र एमालेका बिद्यार्थीहरु समेत सभापति पक्राउको समर्थनमा लागेर उनलाई बिनाशर्त रिहाई गर्न प्रशासनले अटेर गरेपछि नेबिसंघले रिहाईको माग गर्दै आन्दोलन गरेको हो । नेबिसंघका बिद्यार्थीहरुको आक्रमणमा परेपछि बा २ झ १५६६ नम्बरको मन्त्रीको गाडी क्षती भएको छ । सीसा फुटेपनि मन्त्री खत्री सवार नभएका कारण उनी शकुसल रहेको प्रहरीले बताएको छ ।

प्रहरीले बिद्यार्थीहरुको प्रदर्शन नरोकिएपछि सुरक्षा सतर्कता अपनाएको छ । स्वसबियू र नेबिसंघले बिभिन्न मागहरु राखेर क्याम्पस प्रशासनसंग कुरा गर्दा नमिलेपछि उक्त द्वन्द्व शुरु भएके हो ।