आर्थिक

ज्योति र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाण्डौ । ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका बीच बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा यस बैंकको तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत श्री मनोज ज्ञवाली ज्यूले र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण कुमार भट्टराई ज्यूले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब १ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।