आर्थिक

पाँचतारा सहकारीको आयोजनामा रक्तदान

काठमाण्डौ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बृहत्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर आज रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

व्लड डोनर्स एशोसिएसनका सचिव सूर्यलाल महर्जनको आतिथ्यतामा सम्पन्नभएको कार्यक्रममा ब्लोदानपूर्वी भेगियकार्य समिति सहयोगी संस्थाको रुपमा रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ११५ भन्दा बढीले रक्तदान गरेको संस्थाले जनाएको छ ।

रक्तदाताहरुलाई उत्प्रेरणा जगाउन रक्तदान गर्नेहरुलाई प्रमाणपत्र र टिसर्टको समेत व्यवस्था गरेको संस्थाकी व्यवस्थापक राधा कडरियाले बताइन् । हरेक वर्ष रक्तदानगर्नेहरुको संख्या बढिरहेको उनले जानकारी दिइन् । संस्थाले पाँच पटक रक्तदानगर्ने रक्तदातालाई चाँदीको सिक्काउपहार दिँदै आएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व बहनगर्ने क्रममा विगतका वर्षदेखि रक्तदान कार्यक्रमगर्दै आएको अध्यक्ष भोलानाथ पाठकले बताए ।

अहिले पनि रगतको अभावमा कतिपय घाइते, सुत्केरी र विमारीको अकालमै मृत्यु हुने गरेकाले मानवीय सहायता पु¥याउने उद्देश्यले संस्थाले हरेक वर्ष यस्तो कार्यक्रमआयोजनागर्ने गरेको उनले जानकारी दिए ।

रक्तदान सम्बन्धी जनचेतनाको व्यापक वृद्धि गरी वर्तमान समयमा देखिएको रगतको अभावलाई परिपूर्तिगर्न सबै संघसंस्था, क्षेत्र र समुदाय लाग्नुपर्नेमा अध्यक्ष पाठकको जोड छ ।