आर्थिक

एनआईबिएलएस क्यापिटलको शाखाबिस्तार सम्बन्धि

काठमाण्डौ । एनआईबिएलएस क्यापिटल लिमिटेडले एकैसाथ बीरगञ्ज, बुटवल र बिराटनगरमा थप ३ नयां शाखाहरु विस्तार गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वभएको सहायक कम्पनी अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापितभई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदानगर्दै आइरहेको छ ।

यस कम्पनीले हालसम्म १ लाख५० हजार भन्दाबढी हितग्राहीखाता संचालनगर्दै आइरहेको छ भने बिभिन्नबैंक/वित्तीय संस्था, बीमाकम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धीकार्य गर्दै आइरहेको छ ।

आफ्ना ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्येनजर गर्दैकम्पनीले भविष्यमा अन्य प्रमुखशहरहरुमा शाखाहरु खोली सेवाविस्तार गर्दै जानेछ । यस कम्पनीले हालदिइरहेको सेवाहरु नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरुलगायत यस कम्पनीको लालदरवार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा शाखाबाट उपलव्धभईरहेकोमा हाल विस्तारित नयां शाखाहरुबाट समेत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन, निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु थ्प व्यवस्थितहुने विश्वास लिईएको छ ।