समाचार

लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन शुरु

काठमाडौँ । ‘कोलम्बो प्लानका लैंगिक सम्पर्क बिन्दुको तेस्रो सम्मेलन’ काठमाडौँमा शुरु भएको छ ।

नेपालसहित भारत, मलेसिया, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र बंगलादेशसहित १८ देशका ३६ जना सहभागी सो सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समयको अन्तरालसँगै शिक्षा, स्वास्थ्य, आयआर्जन र जीवनस्तरलगायतका पक्षमा नेपाली महिलाको अवस्थामा थुपै्र सकारात्मक परिवर्तन आएको बताए।

“राज्यको नेतृत्व तहमा महिलाको उपस्थिति उत्साहप्रद छ, सर्वोत्तम सम्मानित पदको जिम्मेवारीसमेत महिलाबाट बहन गरी विश्वकै निम्ति उदाहरणीय बन्नु हाम्रा लागि गर्वको विषय बनेको छ,” मन्त्री थापाले भने ।

मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले विश्वका महिलाले भोगिरहेका साझा समस्यालाई सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

संघीय गणतन्त्रात्मक नेपालको तीनै तहको निर्वाचन सम्पन्न भई स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशसभामा ३४ प्रतिशत र संघीय व्यवस्थापिकामा ३४।५ प्रतिशत स्थान महिलाले पाएका छन् ।