सूचना प्रविधि

फोटोपत्रकारीता अवार्डमा टेलीकमको सहयोग

काठमाण्डौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्धारा आगामी २०७५ साल बैसाख १३ गते फोटोपत्रकारीता दिवसको अवसरमा आयोजीत ‘ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ द्रोस्रो चरणको डेलीलाइफ फोटोपत्रकारीता विधातर्फ नेपाल टेलीकमले प्रायोजन गर्ने भएको छ ।

उक्त अवार्डको लागि आज नेपाल टेलीकमका कमरर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्त विच सम्झौता पत्रका हस्ताक्षर भएको छ ।

नेपाल अधिराज्यभर डेली लाइफ विधामा फोटोपत्रकारीता गर्नेहरु मध्यवाट एक जना सक्रिय फोटो पत्रकारलाईे यो पुरस्कार प्रदान गरिने छ । पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ । उक्त अवार्ड काठमाडौंको नेपाल आर्मी क्लवको हलमा विषेश कार्यक्रम गरि वितरण गरने छ ।