आर्थिक

यामाहा ‘आमन्त्रण’मा पहिलो ग्राहकले पाए १०० % ‘क्यासब्याक’

काठमाडौं । इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए । ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए । पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे ।

‘यामाहाको मोटरसाइकल किन्ने निर्णय पहिले नै गरेको थिएँ । बारम्बार विदा लिन अफ्ठेरो हुने भएकाले मैले साथीभाइको सल्लाहमा घर आएकै बेला मोटरसाइकल किन्ने विचार गरेँ ।’ उनी भन्छन्, ‘तर आज अचम्म भयो । मलाई त विश्वासै लागिरहेको छैन ।’

इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिद गरेका उनलाई नयाँ वर्षको योजना छ भन्ने थाहा भएको तर के पर्छ भन्ने थाहा थिएन । सोरुमबाट पाएको स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनी जिल्ल परे, त्यहाँ ‘१०० % क्यासब्याक’ लेखिएको थियो ।

पहिलो स्क्र्याचमा रु पाँच हजार डिस्काउन्ट पाएका उनले दोस्रोमा पफ्र्युम, तेस्रोमा कम र चौथोमा एयरफिल्टर उपहार स्वरुप पाए । पाँचौं तथा अन्तिम स्क्र्याचले उनको जीवनमा बहार नै ल्याइदियो । मोटरसाइकल किन्न पूराका पूरा पैसा लिएका गएका उनले निशुल्क मोटरसाइकल घर लान पाउने भए । उनले सोमबार नै गाउँघरमा खुसी बाँडिसकेका छन् । भन्छन्, ‘भोलि नै अफिस जान्छु र त्यहाँ पनि सबैलाई खुसीको खबर सुनाउँछु ।’

यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा उहाँले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन् ।

यो योजनामा अझै धेरै उपहार र ‘१०० % क्यासब्याक’ बाँकी नै छ । यामाहाको स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ । ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार पाउनुहुनेछ । यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ ।