समाचार

क्षेत्री कङ्गो तथा दक्षिण सुडानस्थित मिशन  निरीक्षण भ्रमणमा 

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो स्थित MONUSCO मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित UNMISS मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमण गर्ने कार्यको लागि प्रधानसेनापति राजेन्द्र क्षत्रीे कङ्गोतर्फ प्रस्थान गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणकै दौरान उनले कङ्गोस्थित MONUSCO मिशनका एक्टिङ फोर्स कमाण्डर Major Gen Bernard Commins, इतुरी बिग्रेडका ब्रिगेड कमाण्डर Brig Gen Ihteshamus Samad Choudhury, केन्द्रिय सेक्टरका कमाण्डर Brig Gen Vivek Tyagi, एक्टिङ हेड अफ अफिस Mr Salami Adam तथा अन्य उच्च पदाधिकारीहरु र नेपाली सिभिलियन कर्मचारीहरु तथा दक्षिण सुडानस्थित UNMISS मिशनमा दक्षिण सुडानका सेना प्रमुख Gen James Ajonga Mawut Unguec Ajonga, संयुक्त राष्ट्रसंघको महासचिवका विशेष प्रतिनिधी(SRSG) Mr. David Shearer, फोर्स कमाण्डर Leiutenant Gen Frank Mushyo Kamanzi, वेष्ट्रन लेक स्टेट रुमबेकका गर्भनर Major Gen Matur Chut Dhuol  भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।

भ्रमणको अवधिभर प्रधानसेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हालेका छन् । भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षेत्री २०७४ चैत्र २६ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको शैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।