समाचार

जुवा खेलिरहेको अवस्थामा ७ महिला सहित १७ जना नगद सहित पक्राउ (नामसहित)

काठमाण्डौ । कुलेश्वर हाईट स्थित अजय कुमार शाहको घरमा जुवा-तास खेलाईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत कालिमाटीबाट प्रहरी निरीक्षकको कमाण्माडमा ७ जनाको टोली खटी गई तास खेलिरहेको अवस्थामा निम्न व्यक्तिहरू तथा जुवाको खालबाट ७ बुक तास र नगद रु.१,७६,५१०।–, (एक लाख छयहत्तर हजार पाँच सय दश) सहित १० जना पुरुष, ७ जना महिला सहित १७ जनालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत कालिमाटीबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । ।

ठेगानासहित पक्राउ परेका मानिसहरूः
१. काभ्रे बनेपा ४ घर भई बस्ने वर्ष ३८ को सुर्यनारायण श्रेष्ठ , २. धुनिवेसी नगरपाकिा ९ घर भई हाल काठमाण्डौ लगनटोल बस्ने वर्ष ४१ को प्रकाश तामाङ्ग, ३. झापा, सनमति ८ बेलडाँगी घर भई हाल काठमाण्डौ बल्खु बस्ने वर्ष ३९ को नवराज सुवेदी, ४. दोलखा जिरी नपा ७ घर भई हाल  जडिबुटी बस्ने वर्ष ३७ को सोनम शेपा, ५. काभ्रे, लुम्लु -१० घर भई हाल  काठमाण्डौ लगनटोल बस्ने वर्ष ४० को धनदाश तामाङ्ग
६. रामेछाप, दोरम्बा घर भई हाल काठमाण्डौ जडिबुटी बस्ने वर्ष २९ को कर्मा लामा, ७. काभ्रे, माझीफेदी ८ घर भई हाल  काठमाण्डौ जडिबुटी बस्ने वर्ष २९ को समिर तामाङ्ग, ८. दोलखा, घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने वर्ष ३४ को माधव कुमार कार्की, ९. मकवानपुर, थाखेल-२ घर भई हाल काठमाण्डौ कुलेश्वर बस्ने वर्ष ३५ को बुद्ध बहादुर बल , १०. दोलखा, तामाकोशी -६ घर भई हाल काठमाण्डौ कोटेश्वर बस्ने वर्ष ३२ को विदुर फुयाल, ११. मकवानपुर, हेटौडा घर भई हाल काठमाण्डौ कुलेश्वर बस्ने वर्ष ३२ कि बबिता पुडाशैनी, १२. धनकुटा, भुडेवास २ घर भई हाल काठमाण्डौ कुलेश्वर बस्ने वर्ष ३६ की कविता तामाङ्ग, १३. नुवाकोट, त्रिशुली घर भई हाल  काठमाण्डौ कुलेश्वर बस्ने वर्ष ४५ कि मिरा गुरुङ्ग, १४. सिन्धुपाल्चोक, पाखरा ६ घर भई हाल काठमाण्डौ बल्खु बस्ने वर्ष ५० कि लक्ष्मि गुरुङ्ग, १५. रामेछाप, भालुखोप–९ घर भई हाल  काठमाण्डौ बाफल बस्ने वर्ष ३४ कि रिना तामाङ्ग, १६. सिराहा, बन्दिपुर–४ घर भई हाल  काठमाण्डौ कुलेश्वर बस्ने वर्ष २६ कि सलिना गौतम, १७. सुनसरी, भेटेकुल –१७ घर भई हाल  काठमाण्डौ स्वयम्भु बस्ने वर्ष ३३ कि ममता लिम्बु रहेका छन् ।