समाचार

दोर्दी–१ निर्माण कार्य शुरु

दोर्दी, लमजुङ । बाह्र मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो ।

करीब रु दुई अर्बको लागतमा निर्माण हुन लागेको सो आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।

आयोजनामा सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता भएको छ । आयोजनामा लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) र पब्लिक शेयरबाट संकलित रकमको लगानी छ ।

दोर्दी खोला जलविद्युत् कम्पनी लिको प्रवद्र्धनमा बन्ने यो आयोजनामा दुई हजार ५०० मिटर लामो सुरुङ निर्माण हुनेछ भने ७०० मिटर पाइपलाइन रहने बताइएको छ । आयोजनाको ठेकेदार कम्पनी माउन्टेन इन्फ्लाले सुरुङ र सिभिल वर्कको जिम्मा लिएको छ ।