सूचना प्रविधि

सञ्चारमाध्यम प्रवर्धन समिति गठन

पथरी, मोरङ । मोरङको पथरीशनिश्चरेमा रहेका सञ्चार संस्थाको प्रवर्धनको एकताका लागि ‘सञ्चार माध्यम ‘प्रवर्धन समिति’ गठन भएको छ ।

गठित समितिको संयोजकमा सन्तोष राई, सचिवमा मोहन भट्टराई र कोषाध्यक्षमा विजय खम्बू तथा सदस्यमा केशव निरौला, पर्शुराम न्यौपाने, अमीर राई, एकराज कार्की र सुमन खनाल रहेका छन् । समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चार संस्थाको प्रवर्धन गर्नु अझ आवश्यक रहेको जनाउँदै नगरपालिका कार्यालयमार्फत नगरमा सञ्चार नीति निर्माणका लागि सहयोग पु¥याउने उल्लेख छ ।

पथरीशनिश्चरेबाट साप्ताहिक रुपमा अनमोलमणि, क्रेजी, कुरकुरे, शैक्षिक संसार र तिम्मा प्रकाशित छन् । विद्युतीय सञ्चाारमाध्यमका रुपमा रेडियो सिम्रिक, पथरी एफएम, रेडियो रिदम तथा टिभी नेपाली अनलाइन र पथरी अनलाइन सञ्चालित छन् ।