राजनीति

नमूना प्रदेश बनाउन उद्योगी व्यापारीको सहयोग आवश्यक – मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेशलाई उत्कृष्ट, समृद्ध र नमूना प्रदेश बनाउन उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताएका छन् ।

उद्योग संगठन मोरङले आज साँझ आयोजना गरेको एक नम्बर प्रदेशको आर्थिक सामाजिक विकासका लागि छलफल कार्यक्रममा उनले यस क्षेत्रका व्यापारीलाई एउटा नमूना काम गरेर देखाउनेबेला आएको बताए ।

मुख्य मन्त्री राईले विकास र समृद्धि नै प्रदेश सरकारको मुुख्य लक्ष्य भएकाले जनताले अब चाँडै नै अनुुभूति गर्नेगरी विकास निर्माणका कामले गति लिने विचार व्यक्त गरे ।

उनले १ नम्बर प्रदेशमा विकासका प्रशस्त सम्भावना रहेकाले निर्धक्क भएर लगानी गर्न उद्योगीलाई आग्रह गरे। उनले कृषि, ऊर्जा, पर्यटन, शिक्षालगायतका विकासका क्षेत्रका लागि सरकारले ठोस योजना तयार गर्ने कार्यमा विज्ञले आवश्यक सुझाव दिन आग्रहसमेत गरे ।

मुख्यमन्त्री राईले धेरै योजनामा हातहाल्दा परिणाम सहज नहुुने भन्दै आवश्यक र मुुख्य योजनालाइ मात्र सरकारले प्राथमिकता दिने बताए ।

प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका सचिव सहभागी भएको उक्त कार्यक्रममा प्रदेशको औद्योगिक विकासका लागि विज्ञको सहयोगमा कृषि, शिक्षा, उद्योग, ऊर्जालगायत सातवटा विषयमा बनाइएका योजनाको सुुझावसहितको कार्यपत्र प्रस्तुुत गरिएको थियो ।

उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।