स्वास्थ्य

त्रिशूली अस्पतालमा आगलागी

त्रिशूली, नुवाकोट । त्रिशूली जिल्ला अस्पतालको दन्त विभागमा आज आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

आज अपराह्न अस्पतालको दन्त विभागमा करेन्ट सर्ट भएर लागि भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु २२ लाख भन्दा धेरैको क्षति भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा विवेक केसीले बताए ।

आगलागीबाट एक्स रे मेसिन, एक्स रे स्क्यानिङ मेसिनलगायत सामग्री नष्ट भएको छ । आगो स्थानीयवासी, इलाका प्रहरी कार्यालय कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेको नेतृत्वको टोली र विदुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रण गरिएको थियो । आगलागीबाट अस्पतालको दन्तसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको छ ।