अन्तर्राष्ट्रिय

कारागारमा भएको आगलागीको अनुसन्धानका लागि

काराकास । भेनेजुयलाको एउटा कारागारमा भएको आगलागीबारे अनुसन्धान गर्न पाँचजना अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

देशका महान्यायाधिवक्ताले घटनासँग सम्वन्धित पाँचजना प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको शनिबार जानकारी दिए ।

महान्यायाधिवक्ताको कार्यालयले घटनाका दोषी पत्ता लगाई कारबाही गरी छाड्ने प्रतिबद्धता जनाएको छ ।

पक्राउ पर्नेमा काराबोबो प्रहरीका उपनिर्देशक समेत रहेको बताइएको छ । गत बुधबार भएको आगलागीमा परी ६८ जनाको मृत्यु भएको थियो ।

मृत्यु भएकामध्ये ६६ जनाको तत्काल घटनास्थलमै मृत्यु भएको थियो भने अरु दुई जनाको आगलागी नियन्त्रण भएपछि मृत्यु भएको थियो ।