अन्तर्राष्ट्रिय

पाकिस्तानमा मलालाका लागि कडा सुरक्षा व्यवस्था

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युशुफजाइका लागि पाकिस्तानमा कडा सुरक्षाको प्रबन्ध गरिएको समाचार छ ।

उनलाई तालिबानहरुको धम्कीका कारण यस्तो सुरक्षा दिइएको पाकिस्तान सरकारले स्पष्ट गरेको छ । उनी हाल पाकिस्तान छन् । उनी आफ्नो गृहनगर पुग्ने पनि कार्यक्रम रहेको छ ।

पाकिस्तानी तालिबानहरुले ६ वर्षअघि उनलाई गोली हानी हत्या प्रयास गरेका थिए । बालिका शिक्षाको पक्षमा वकालत गरेको भन्दै तालिबानले गोली हानेका थिए ।

मलालालाई पाकिस्तानको स्वात उपत्यकास्थित मिङ्गोरामा गोली हानेका थिए । त्यसपछि उनको बेलायतमा उपचार भएको थियो । उनले अहिले पनि बालिका शिक्षाको वकालत गरिहेका छन् ।

उनलाई गोली हानेयता पहिलोपटक हाल त्यहाँ पुगेको छ । हाल पाकिस्तानमा रहेकी उनले पाकिस्तानी प्रधानमन्त्री र उच्च अधिकारीहरुलाई भेटगर्ने कार्यक्रम रहेको छ ।

बेलायतस्थित अक्फोर्ड विश्वविद्यालयमा अध्ययनरत उनले सो अध्ययनपछि पाकिस्तानमै फर्किएर बस्ने र महिला र बालबालिकाका क्षेत्रमा कामगर्ने इच्छा रहेको बताउछन् ।

उनको नाममा एक परोपकारी संस्था ‘मलाला फन्ड’ स्थापना गरिएको छ । यसैमार्फत अहिले पनि पाकिस्तानमा बालिका शिक्षाबारे काम गरिएको छ ।

उक्त संस्थाले विशेषगरी बालिकाहरूको शिक्षाको क्षेत्रमा काम गर्दछ । पछि यसै संस्थामार्फत आफूले कामगर्ने योजना रहेको मलालाको भनाई छ ।