राजनीति

गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद पत्नी पार्वती गुरुङको स्वास्थ्य उपचारमा पार्टीले आवश्यक सहयोग गर्ने बताएका छन् ।

मिर्गौला र श्वासप्रश्वासको समस्याबाट पीडित भई विगत एक सातादेखि नर्भिक अस्पतालमा उपचाररत गुरुङको आज नर्भिक अस्पतालमा पुगी अध्यक्ष दाहालले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।

सो क्रममा अध्यक्ष दाहालले चिकित्सकसँग गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष दाहालले बिरामीका छोरा सुरेन्द्र गुरुङलाई भेटी आमाको स्वास्थ्य उपचारमा कुनै समस्या परे पार्टीलाई जानकारी गराउन आग्रह गरे ।

चितवन शारदानगर निवासी गुरुङका पति डम्बर गुरुङको २०५९ कात्तिक २५ गते चितवनको चण्डिभञ्ज्याङमा निधन भएको थियो । उनी तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ को शहीदका रुपमा माओवादी केन्द्रले सम्मान दिँदै आएको छ ।