स्वास्थ्य

रगतको माग बढेकोले रक्तदान शिविरहरु बढाउ (कृपया सेयर गर्नुहोला)

काठमाण्डौ । काठमाडौँ उपत्यकामा रक्तसञ्चार केन्द्रहरुमा रगत तथा रगतको कम्पोनेन्टहरुको अत्याधिक माग वढेकोेले रक्तदाताहरु तथा विभिन्न सँघ सँस्थाहरुलाई रक्तदान वढाउन नेपाल रेडक्रस सोसाइटीले आव्हान गरेको छ ।

रक्त सञ्चार केन्द्रकी निर्देशक डा। मनिता राजकर्णिकारले भनिन् “सामान्यतया दैनिक औषतमा ३५० पिन्ट रगत वा रक्ततत्व मागभैआउने अवस्था रहेकोमा अहिले माग वढेकोले परिपूर्ति गर्न रक्तदान शिविरहरु वढ्नु आवश्यक छ ।” हस्पिटलमा अपरेसनको केशहरु बढेको पाइएको छ । उनले भनिन्ः पाटन अस्पतालको अपरेशन कक्षबाट हिजैमात्र एक डाक्टरले फोन गरी ओ पोजेटिभ को ४ पिन्ट र प्लेटलेटको ४ थैली मागे, त्यसलाई हामीले तत्काल डोनर बोलाएर त पूरा गर्न सक्यौँ तर, दवाव चाहिँ वढिरहेको छ ।

नेपाल रेडक्रस भक्तपुरको दुधपाटीमा रहेको सेवा केन्द्रबाट गतबर्ष औषतमा दैनिक ११२ पिन्ट रगत आपूर्ति गरिएकोमा यसवर्ष १२५ देखि १५० पिन्ट माग छ । केन्द्रका प्राविधिक प्रेम अधिकारीले भने “अस्ति शुक्रबार ४०० पिन्ट रक्तसँकलन भएकोमा सोहीदिन नै ३५० भन्दा वढी आपूर्ति गरियो, शनिवारका दिन पनि त्यस्तै भयो ।”

नेरेसो भक्तपुरका सभपति मनोज थापाले भने“हामीले रगतको मागपूर्जी ल्याएकालाई रित्तोहात फर्काएका छैनौँ, दाताहरुसँग नजीकको सम्पर्कमा रही व्यवस्थापन गरिरहेका छौँ तर भनेजति रगत एकैपटकमा अझै दिनसकिएको छैन । विभिन्न सँस्थाहरुले रक्तदान शिविरहरु वढाइदिन सके यसमा सहज हुनेछ ।”

ललितपुरको दमकल चोकमा रहेको रक्तसञ्चार सेवा केन्द्रमा पनि रगतको माग वढ्दो रहेको ललितपुर शाखाका सभापति बावुराजा महर्जनले जानकारी दिदै रेडक्रसका निकायहरुलाई रक्तसञ्चार उत्प्रेरणा तथा शिविर वढाउन प्रयत्नशील रहेको वताए ।
रेडक्रसका निकाय र यूवा सर्कलहरु र रक्तदानमा सक्रिय सँघसँस्थाले रक्तदान शिविर वढाउँदै गरेको पाइएपनि शनिवार वा सार्वजनिक विदाको दिनमा धेरै रक्तदान शिविर आयोजना भैरहेका तर अन्य दिनमा कम भएकाले त्यसलाई बढाउन सके रगतको आपूर्तिमा सहज हुने देखिन्छ ।