आर्थिक

कीर्तिपुण्य सहकारीको साधारणसभा सम्पन्न

काठमाडौँ । कीर्तिपुण्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड आर्थिक वर्ष २०७३/७४ मा रु ९० हजार बचत (कर अघिको) आर्जन गर्न सफल भएको छ ।
सो सहकारीको शनिबार सम्पन्न वार्षिक साधारणसभामा अध्यक्ष किरणराम रञ्जितकारले संस्थाको कूल सम्पत्ति तथा दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७३/७४ मा ५ दशमलव ३८ प्रतिशतले वृद्धि भई रु एक करोड ३३ लाख २८ हजार पुगेको जानकारी दिए ।
संस्थाको कूल बचत निक्षेप रु ९९ लाख ७० हजार र ऋण रु एक करोड २२ लाख ३७ हजार रहेको छ । संस्थाले आव २०६८/६९ देखि निरन्तर रुपमा नाफा आर्जन गर्दैआएको छ ।
संस्थाको कूल सदस्य संख्या १०० रहेको छ ।