राजनीति

गाउँको अधिकार सिंहदरबार फर्कंदैनः मुख्यमन्त्री पोखरेल

गुलरिया, बर्दिया । पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन् । यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने छ भने ।

मुख्यमन्त्रीले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताए ।  उनले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिलाई अनुरोध गरे ।
कार्यक्रममा संघीय सांसद सञ्जय गौतम, प्रदेश नं ५ को उपसभामुख थारू, प्रदेश सांसद दीपेश थारु तथा अन्य सांसदहरु आठवटै तहका स्थानीय प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्तरीय सरोकारवाला अन्य निकाय लगायतको सहभागिता रहेका थियो ।