आर्थिक

सिभिल बैंकको ५९औं शाखा बेसीशहरमा, गभर्नरद्वारा उद्घाटन

काठमाण्डौ । सिभिल बैंकले आफ्नो ५९औं शाखालमजुङ बेसीशहर, त्रीवेणीटोलमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजिवी नेपाल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, संविधान सभा सदस्य जमिन्द्रमान घले, बेसीशहर नगरपालिका मेयर गुमानसिंह अर्याल, राइनास नगरपालिका मेयर सिंहबहादूर थापा, नेपाल राष्ट्र बंैक, गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्यब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिञ्जिवी नेपालले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउदै देशका अति दुर्गम स्थानहरुसम्म बित्तीय पहुँच पु¥याउने सोच अनुरुप मौद्रिक नीति बनाईने र त्यस्को कार्यान्वयनमा जोड दिइने कुरा प्रस्ट्याएका थिए । अहिलेपनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग गर्ने र सो ४०% भित्रको ४२%ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको पनि बताए ।स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७५३ स्थानीयतहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नकालागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको बताए । ग्रामीण भेगमा बैंकको शाखाबिस्तार हुँदाबित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा उनले बताए ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानिय स्तरमा बित्तीय पहुँच पु¥याउने नीतिलाई आत्मसातगर्दै सिभिल बैंकले लमजुङ जिल्लाको ग्रामीण भेग भुलभुले, राइनास, मालिङ र गौंडा शाखा संचालनमा ल्याई लमजुङ जिल्लालाई सम्भवत नेपालकै पहिलो सबै स्थानियस्तरमा बित्तीयपहुँच पुगेको जिल्ला बनाउन सहयोग गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे ।

सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासकालागी उत्पादनमुलक क्षेत्रको लगानीमाजोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्विगर्दै जाने कुरा पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।