स्वास्थ्य

लुम्बिनी अस्पतालको निरीक्षण

रुपन्देही । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले आज बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको निरीक्षण गरी अस्पतालको अवस्था बारे जानकारी लिएका छन् ।

अस्पतालको सघन उपचार कक्ष (आइसियु) प्रसूति र इर्मजेन्सी विभागमा मन्त्री अर्यालले निरीक्षण गर्दै अस्पतालले दिएको सेवा सुविधाका विषयमा बिरामीसँग कुरा गरेका थिए । सो अवसरमा उहाँले कर्मचारीलाई परिणाममुखी काम गर्न निर्देशन दिँदै अस्पताल प्रशासनमा स्थायी भएपछि ठालु हुने प्रवृत्ति देखिएको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद खनालले अस्पतालले बिरामीका लागि प्रयोग हुने अक्सिजन उत्पादनको लक्ष्य र योजना बनाएको जानकारी दिँदै अस्पतालमा ट्रमा सेन्टर बनाउने अवधारणा अघि बढेको बताए ।

मेसु खनालले अस्पतालमा किड्नीको बिरामीका लागि डायलासिस मेसिनको अभाव भएको उल्लेख गर्दै बुटवल उपमहानगरपालिकासँग साझेदारीमा काम गर्नका लागि प्रस्ताव गरिएको बताए ।