समाचार

काँग्रेस नेता स्व खड्काको पार्थिव शरीर आज राति काठमाडौँ ल्याइँदै

काठमाडौँ । भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज राति काठमाडौँ ल्याइने भएको छ ।

खड्काको पार्थिव शरीर राति १०ः३० बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ः०० देखि १३ः०० बजेसम्म सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।

मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित ६७ वर्षीय खड्काको शुक्रबार साँझ निधन भएको थियो ।