समाचार

नयादिल्ली स्थीत एपोलो अस्पतालमा काँग्रेस नेता खड्काको निधन

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षका उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।

उपचारमा रहनुभएका नेता खड्काको आज अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उनी मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए ।
पटक पटक उपचारका लागि दिल्ली लगिएपनि यसपटक एक महिनादेखी निरन्तर उपचार गराईरहेका नेता खड्का रहेनन् ।
कार्यकर्तालाई माया गर्ने नेताका रुपमा चिनिने नेता खड्काको निधनले सामाजिक संजालमा श्रद्धान्जली दिनेहरुको भीड लागहेको छ ।