समाचार

रविन्द्र शम्सेर शाहको बार्षिक पुन्य तिथि र स्मृति सभा सम्पन्न

जाजरकोट । नेबिसंघ पुर्व केन्द्रिय सदस्य जाजरकोट जिल्ला अध्यक्ष रविन्द्र शम्सेर शाहको बार्शिक पुन्य तिथीको अवसरमा स्मृति सभा सम्पन्न भएको छ। आयोजित स्मृति सभाको आयोजना नेपाली कांग्रेस क्षेत्रीय समिती क्षेत्र नम्बर एकले गतेको थियो।

प्रमुख अतिथी पुर्व मन्त्री हृदय राम थानी विशेष अतिथि नेपाली कांग्रेस सुर्खेत जिल्ला सभापति कमल रेग्मिको उपस्थितिमा सुरु भएको कार्यक्रममा नेबि संघ उपाअध्यक्ष पुष्प कुमार शाही, खड्क डागी, नेबि संघ महामन्त्री कुन्दन काफ्ले र नेबि संघ केन्द्रिय सदस्य तारक केसी पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा नेबि संघ उपाअध्यक्ष द्वय पुष्प कुमार शाही र खड्क डागीले राजनीतिक पावर र शक्तिका आडमा हत्यारालाई उन्मुक्ति दिन नहुने र यदि दिइयो भने नेबि संघले आन्दोलनको आधीभेरी सृजना गर्ने चेतावनी दिए।

सोहि सभामा बोल्ने वक्ता नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य तारक केसीले शाहको राजनीतिक र समाज सेवा प्रतिको बाकी अभिभारालाई हाम्रो पुस्ताले पूरा गर्नुका साथै उनले देखेको समाज सेवा प्रतिको सपनालाई बिपनामा कार्यनय गरि छाड्ने समाजमा व्याप्त गरिबी र आसमानताको विरुद्धमा शाहले देखाएको बाटोमा निरन्तर अगाडि बढ्ने प्रण गरेका थिए।

कार्यक्रममा बोल्ने सबै वक्ताले स्वर्गीय शाहले सामज सेवामा पुर्याएको योगदानको मुक्त कण्ठले प्रसंसा गरेको र उनको हत्याले जाजरकोटलाई मात्रै नभएर सिंगो कांग्रेसलाई अपुर्निय क्षेति पुगेको बताएका थिए।

स्वर्गीय शाहको स्मृतिमा स्थापित रबिन्द्र शाह बिकास पत्रकारिता जाजरकोटका पत्रकार राजेन्द्र कार्कीलाई प्रदान गरिएको छ। पुरस्करको रासी १५ हजार रुपैया रहेको थियो। उक्त पुरस्कर हरेक बर्ष समाज सेवा र बिकासका क्षेत्रमा कलम चलाउने सन्चारकर्मीलाई प्रदान गर्ने आयोजकले जनाएको छ ।