खेलकुद

तेक्वान्दो टोली बैंकक जादै, यस्तो छ प्रतिष्पर्धा

काठमाण्डौ । चौधौं एयू प्रिन्सेस कप तेक्वान्दो च्याम्यिनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।
पुरुषको ४४ केजीमा कुशल श्रेष्ठ, ५४ केजीमा बसन्त तामाङ, ५३ केजीमा राहुल गुरुङ, ३६ केजमिा आर्जेश सिम्खडा, २८ केजीमा अर्पण पाण्डे, ३७ केजीमा सौरव बस्नेत, २६ केजीमा मुकेश पाण्डे तथा पुम्सेमा शुभ सुवेदी र राजेन्द्र डंगोल रहेका छन् । महिला ३९ केजीमा नम्रता कँडेल र पुम्सेमा माया पाण्डेले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीको मुख्य प्रशिक्षकमा नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए० का अध्यक्ष अशोक खड्का र सहायक प्रशिक्षकमा राजकुमार ठकुरी तथा व्यवस्थापकमा विशाल कँडेल छन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता मार्च ३१ देखि अप्रिल १ तारिखसम्म हुनेछ ।