अन्तर्राष्ट्रिय

कुवेतमा गत वर्ष भएको सडक दुर्घटनामा ४२८ को मृत्यु

कुवेत सिटी । कुवेतमा गत बर्ष अर्थात सन् २०१७ भरी भएका सडक दुर्घटनामा परी करिब चार सय २८ जनाको मृत्यु भएको छ ।
कुवेती ट्राफिक विभागले वर्षभरीमा ७१ हजार १६१ ओटा दुर्घटना भएको पनि जानकारी दिएको छ ।
विभागले सार्वजनिक गरेको बार्षिक प्रतिवेदनका अनुसार मृत्यु भएका चार सय २८ जना मध्ये १७७ जना कुवेती नागरिक रहेका छन् ।
त्यसैगरी २१ जना बेडोइन्स्, १६ जना गल्फ कर्पोरेसन काउन्सिल र अरु दुई सय १४ जना अन्य विभिन्न देशका रहेका विभागले जनाएको छ ।
तथ्याङ्कका अनुसार सवै भन्दा धेरै दुर्घटना हवाली भएको छ । सो ठाउँमा १९ हजार छ सय ९७ ओटा दुर्घटना भएको छ ।
त्यसैगरी क्यापिटलमा दोस्रो धेरै दुर्घटना हुने ठाउँमा परेको छ, त्यहाँ १७ हजार आठ सय ५१ ओटा दुर्घटना भएको विभागले जनाएको छ ।
धेरै दुर्घटना हुने मध्ये तेस्रोस्थानमा परेको फर्वानीयामा १२ हजार दुई सय १६ ओटा, चौथोस्थानमा परेको अहमादीमा ११ हजार ४४, पाचौंस्थानमा परेको मुबारक अल कबिरमा पाँच हजार सात सय ८४ र छैठौं स्थानमा परेको जाहरामा चार हजार पाँच सय ६९ ओटा दुर्घटना भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियमहरुको उलंघन नै भएको विभागले जनाएको छ । रातो बत्तिको संकेत बेवास्ता गर्ने, सवारी साधन चलाउदा अत्याधिक गति, हेलचक्रयाई र मोबाईल फोनको प्रयोग लगायतका कमजोरी बढी देखिएको पाइएको छ ।