राजनीति

मुलुक स्थायित्व र समृद्धिको चरणमा : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गरे ।

निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेका हुन् ।