आर्थिक

२१ गतेबाट अनिश्चित आन्दोलन गर्ने बस ब्यावशायी समितिको चेतावनी

काठमाण्डौ । अरनिको यातायात अन्तर्गतका १३ वटा बस ब्यावशायी समितिहरुले आन्दोलनको घोषणा गरेका छन् । आज मयुर यातायातका नाममा काठमाण्डौ बनेपा रुटमा बस चल्न दिएको अनुमति खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी सहित काठमाण्डौ र काभ्रेका सिडिओ कार्यालयमा ज्ञापनपत्र बुझाउदै उक्त अनुमति खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

मयूर यातायातलाई सजिलो बाटोका लागिमात्र अनुमति दिएको आरोप लगाउदै १८ गतेबाट आन्दोलन गर्दै २१ गतेबाट भने अरनिको राजमार्गबाट चल्ने सबैप्रकारका गाडी चल्न नदिनेगरी अनिश्चितकालीन आचन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले मयूर यातायातलाई ग्रामीण क्षेत्रमा समेत यातायात सुबिधा दिन चुनौती समेत दिएका थिए ।
बन्द र हड्ताल नभएको धेरै भएपनि उक्त हड्ताल हुने हल्लाले सर्बसाधारणलाई त्रास देखाएको छ ।